काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्किएका छन् ।
Advertisement
प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका छन् । यसअघि र पछि गरेर आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य उडान तथा अवतरण बन्द गरिएको थियो ।