• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधि सभाको बैठक बस्दै

नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

बढ्यो सुनको मूल्य

दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

पुगेन सचेतना: रोकिएन जंगली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ३. बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

  • ४. फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

  • ५. दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

  • ६. गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

  • ७. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • ८. घरघरमा पुर्‍याउन थालियो राहदानी

  • ९. प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता भएन- सांसद शर्मा

  • १०. पहिरो आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

विपदमा बढाएको हवाई भाडा तिब्र आलोचना पछी फेरी घटाइयो


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा आन्तरिक उडान गरिरहेका हवाई सेवा कम्पनीहरूले आगामी ३ दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएपछि आइतबार बसेको वायुसेवा सञ्चालक संघको बैठकले उक्त निर्णय गरेको हो ।

    Advertisement

    संघका अध्यक्ष मनोज कार्कीले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए । उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्यान्डिङ र पार्किङलगायत शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

    यसअघि हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । ‘एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’यस्तै, हवाई भाडादर बढी लिएको भनेर चर्को आलोचना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ ।

    ‘कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुन सक्ने उनको भनाइ छ । ‘एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरूले भाडा निर्धारण गर्ने चलन छ,’ उनले भने ।

    हाल काठमाडौँ आउने सबै सडक बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वाभाविक रूपमा बढाइएको भन्दै नागरिक स्तरबाट आलोचना भएको थियो ।यसैबीच, संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अस्वाभाविक रुपमा हवाई भाडा बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

     

    समितिका सभापति रामहरि खतिवडाले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

    ‘यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा आमनागरिकमा यसले ठुलो असर पारेको देखिन्छ,’ निर्देशनमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ ।

    • हवाई भाडा
    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभाको बैठक बस्दै
    नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने
    रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा
    गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?
    रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो
    बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ३.
      बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

    • ४.
      फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

    • ५.
      दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

    • ६.
      गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

    भर्खरै

    • १.
      प्रतिनिधि सभाको बैठक बस्दै

    • २.
      नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

    • ३.
      रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

    • ४.
      गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

    • ५.
      रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

    • ६.
      बढ्यो सुनको मूल्य

    • ७.
      दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    • ८.
      सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.