आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित रंगशालामा फुटबल प्रतियोगिता हुने भएको छ । दशै तिहारकोअवसर पारेर सबैभन्दा धेरै धन राशीको फुटबल प्रतियोगिता हुन लागेको हो ।
Advertisement
यहि कार्तिक ६ गतेदेखि आठबिसकोटको राडी बजारमा खुल्ला फुटवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । दर्ता शुल्क१५ हजार रहेको प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उपविजेताले ८० हजार पुरस्कार पाउने जनाईएको छ । यस क्षेत्रकोफुटवल तर्फकै सबैभन्दा ठुलो पुरस्कार राशी भएको प्रतियोगिता हो ।