• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ७. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ८. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • ९. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • १०. सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना, को-को छन् सल्लाहकार र स्वकीय ?


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको नाम तथा जिम्मेवारी सार्वजनिक गरेको हो। यसअघि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त व्यक्तिहरूको संख्या सार्वजनिक भए पनि सबैको नाम र जिम्मेवारीसहितको विवरण सार्वजनिक गरिएको थिएन।

    सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूहमा मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन्।

    ब्यञ्जनकार र अग्रवाल अवैतनिक सल्लाहकारका रूपमा रहेको विवरणमा उल्लेख छ। असिम शाहलाई मन्त्रीसरह तथा सुदीप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा–सुविधा तोकिएको छ।

    प्रमुख स्वकीय सचिवमा सुवास शर्मा

    प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा छन्। उनले राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् सचिवसरहको सुविधा पाउनेछन्।

    स्वकीय सचिव नवीन भण्डारी, विकास परियोजनातर्फ स्वकीय सहसचिव सञ्जीव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राईलाई राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवसरहको सुविधा तोकिएको छ।

    त्यस्तै, प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य उपसचिवसरहको जिम्मेवारीमा छन्। नागरिक उड्डयनतर्फ सहायक विज्ञ सुमन गौतम र भाषा तथा मस्यौदातर्फ सहायक विज्ञ रविकिरण अधिकारीले पनि उपसचिवसरहको सुविधा पाउने सार्वजनिक विवरणमा उल्लेख छ।

    प्रेसदेखि अनुसन्धानसम्म छुट्टाछुट्टै जिम्मेवारी

    प्रधानमन्त्रीको सचिवालयमा प्रेस, अनुसन्धान, ग्राफिक्स, भिडियोग्राफी तथा प्रशासनिक कामका लागि समेत छुट्टाछुट्टै जनशक्ति राखिएको छ।

    प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ, ग्राफिक्स डिजाइनतर्फ रोशन तामाङ तथा अनुसन्धान अधिकृतका रूपमा बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन्। उनीहरू शाखा अधिकृतसरहको तहमा रहेको विवरणमा उल्लेख छ।

    प्रशासन सहायकतर्फ अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम र बेनिस कार्की तथा कम्प्युटर सहायकका रूपमा अमृत पाण्डे कार्यरत छन्। उनीहरू नायब सुब्बासरहको तहमा रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

    यससँगै प्रधानमन्त्रीको सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत २५ जनाको नाम र जिम्मेवारी सार्वजनिक भएको हो।

    यसअघि २७ जना नियुक्त भएको विवरण
    प्रधानमन्त्री कार्यालयले यसअघि उपलब्ध गराएको विवरणमा भने स्वकीय सचिवालयतर्फ ४८ जनाको दरबन्दीमध्ये २७ जना नियुक्त भएको उल्लेख थियो। असोज १३ गते प्रकाशित विवरणमा पनि कार्यालयले भदौ १५ गते उपलब्ध गराएको सूचनाका आधारमा २७ जना नियुक्त रहेको उल्लेख गरिएको थियो।

    शुक्रबार सार्वजनिक गरिएको नामावलीमा भने सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयसहित २५ जनाको विवरण समेटिएको छ। यसअघि उल्लेख गरिएका २७ जनाबाट संख्या घट्नुको कारणबारे सार्वजनिक विवरणमा स्पष्ट उल्लेख छैन।

    शाह गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरणअनुसार उनले २७ मार्च २०२६ मा प्रधानमन्त्रीको पदभार सम्हालेका थिए।

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?
    बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

    भर्खरै

    • १.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • २.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ६.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ७.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ८.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.