काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।