काठमाडौं। नेपाली बजारमा मङ्गलबार सुन तथा चाँदीको मूल्यमा पुनः गिरावट आएको छ। गत मङ्गलबारदेखि लगातार ओरालो लागिरहेको सुनको भाउले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य तोलामा रु ५०० ले घटेर प्रतितोला रु तीन लाख छ हजार एक सयमा कारोबार भइरहेको छ।
अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला रु तीन लाख छ हजार छ सयमा किनबेच भएको थियो। सोमबार मात्रै सुनको भाउ तोलामा रु दुई हजार चार सयले घटेको थियो।