• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्न थालिएको छ।

    Advertisement

    त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आइतबार बिहान कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो। सडक भासिएसँगै पृथ्वी राजमार्गको यातायात प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

    कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने ठूला सवारीसाधनलाई काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ। त्यस्तै, साना सवारीसाधन तथा माइक्रोबसलाई फर्पिङको मार्ग प्रयोग गर्न दिइएको छ।

    कान्तिलोकपथमा पहिरोका कारण यातायात अवरुद्ध रहेकाले उक्त सडक पनि सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको सुवेदीले जानकारी दिए।

    उनका अनुसार कृष्णभीरमा सडक भासिएपछि यातायात सहज बनाउन वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको हो। साथै, अवरुद्ध कान्तिलोकपथ खुलाउने कामसमेत भइरहेको छ।

    बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग प्रभावित हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो।

    यसैबीच, सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली घटनास्थलतर्फ पठाइएको छ। विज्ञ टोलीले सडकको भौगोलिक अवस्था र क्षतिको विस्तृत अध्ययन गरेपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइनेछ।

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.