काठमाडौं। भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि टेस्ला ओभरसिज प्रालिले ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
राजधानीको सिनामंगलस्थित टेस्ला ओभरसिजका सञ्चालक राजेश्वर यादव लगायतको तर्फबाट बाढीपहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले उक्त रकम सहयोग गरिएको सो प्रालिले जनाएको छ ।
सञ्चालक यादवले विपद्का बेला पीडितहरूलाई राहत पुर्याउन सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको तर्फबाट सहयोग गरिएको बताए ।
‘भोटेकोशीको बाढीले दिएको पीडा यो हामी सबैको पीडा हो,’ सञ्चालक यादवले भने, ‘यस्तो पीडामा हाम्रो सानो सहयोगले राहतमा मद्दत पुग्ने विश्वास गरेका छौँ। हामीले नागरिक पीडामा रहेका बेला आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु हाम्रो सामाजिक दायित्व पनि हो ।’
सञ्चालक यादवले विपद्को समयमा राज्यसँगै निजी क्षेत्र र व्यवसायीहरूको हातेमालो आवश्यक भएकाले अन्य व्यवसायीहरूलाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।