नन्दलाल घर्ती यतिबेला राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भदौ १० गते बिहान करिब ८ :५० बजेतिर रसुवाको भन्सार क्षेत्रमा काममा जाने तयारीमा थिए। आफ्नै कोठाको केही दुरीमा रहेका घर्ती भन्सार क्षेत्रमा सामान लोडअनलोड गर्ने काम गर्छन् । उनीसहित उनका छोराछोरी र भाइ बुहारी सहित त्यही थिए ।
दैनिक जसो आफ्नो समय तालिकामा हिडिरहेका नन्दलालले सुरुमा भुकम्प आएको जस्तो आवाज सुने। तर त्यो त् भयानक बाढी पो रहेछ। उनी भन्छन, ठुलो आवाज आयो त्यसपछि के भयो थाहै पाएन। म संगै भएका छोरा छोरी,भाई बुहारी बगाएछ। उनी भकानिदै भन्छन,बाढीले छोरा छोरी मेरै हात बाट खोसेर लग्यो। केहि गर्न सकिएन।
रुकुम पश्चिमको सानीभेरी घर भई हाल वर्दियामा बसोबास गर्दै आएका नन्दलान रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएको खुसी भन्दा दुखि बढी छन्। त्यति ठुलो बाढीले बगाउन थालेपछि बाँच्ने आशा मारिसकेको थिएँ,’ उनले भने। त्यही क्रममा बेहोस भएछु। उद्धार पछि ‘नयाँ जिन्दगी त् पाएँ, तर छोरा छोरी र बुहारी ,भाईबुहारी गुमाए। उनका ७ वर्षीय र १३ वषीया नाबालक छोराछोरी सहित लक्ष्मी बुढा भाईबुहारी,शिवलाल बुढाथोकी भाई ,डिल कुमारी घर्ती बुहारी सहित ५ जना सम्पर्क बिहिन छन।
आफ्नै आँखा अगाडि सर्वस्व सखाप भएको आफ्नाहरू बगेको तर आफू मृत्युलाई जितेर फर्कन सफल भएको दर्दनाक अनुभव सुनाउदै घर्ती भन्छन। कान्छो छोरा गजल घर्ती र छोरी गरिमा घर्ती लाई कसरी खोजौं ? कहाँ खोजौँ ? जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु जस्तो लाग्छ। घर्तीका आँखामा आसुँका पोका तैरदै छन्। अर्कोतिर उनकी श्रीमती छोरा छोरीलाई बाढीले बगाएपछि विक्षिप्त बनेकी छन्। बाढीले परिवार बहायो तर घाइते श्रीमान् सहित उनी अस्पतालमा सन्तान खोज्दै छन्।
अचानकको बज्रपातले हाँस्दाहाँस्दैको परिवार र घरबारलाई एकै निमेषमा बाढीले सोहोरेर लैजाँदा बाँचेका आफन्तमा पैदा हुने गहिरो आघात शून्यता र विछोड आँखाकै अगाडि आफ्ना सन्तान बाढीको भेलमा हराएको देख्नुपर्दाको असीम पीडाले पोलिरहेको छ। नन्दलाल जस्तै आज हजारौ मानिस अनिश्चितताको छटपटी संगै शव समेत फेला नपर्दा अन्तिम संस्कार गर्न समेत नपाएको अभागीपन र हराएका आफन्त फर्किने पो हुन् कि भन्ने मधुरो तर झुटो आशामा बाँचिरहेका छन्।