एकैपटक आमा छोराको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर अध्ययन गरिरहेका २२ वर्षीय वसन्त कालाथोकीकोको शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । काठमाडौंमा छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी आमाको पनि मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१७, स्थित जनप्रिय टोलकी ३८ वर्षीया बिना कालाथोकीको शनिबार दिउँसो मृत्यु भएको हो । छोराको मृत्युको खबर पाएपछि उनको शनिवार दिउँसो करिब ३ बजे घरमै मृत्यु भएको हो ।
छोराको हत्या भएको खबर सुनेपछि बिनाको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार छोराको मृत्युको खबर सुनेपछि बिनाको मृत्यु भएको उज्यालोपाटिलाई जानकारी दिए । प्रहरीका अनुसार घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार बेलुकी करिब ४ बजे बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पु¥याएको थियो । शव अहिले प्रतिष्ठानको शवगृहमा राखिएको छ ।
मृतक बिनाका श्रीमान् रोमहर्ष कालाथोकी वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । उनी नेपाल फर्किएपछि मात्र बिनाको पोस्टमार्टम गरिने भएको छ । रोमहर्ष मलेसियाबाट नेपाल फर्किएको बुझिएको छ।
छोराको हत्या भएको खबर सुनेपछि विक्षिप्त बनेकी बिनाले श्रीमान लाई समेत नाकुरेर प्राण त्याग गरिन्। बिनाको मृत्युपछि उनका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन् । छोराको मृत्युको खबरले आमाको मृत्यु भएपछी अहिले गाउँ नै शोकमा डुबेको छ।
बसन्त केहि महिनादेखि होस्टलमा बसेर भाषा अध्ययनसँगै फ्रान्स जाने तयारीमा थिए । तर उनको होटलमै हत्या भयो। वसन्तको हत्या आरोपमा सोही होस्टलमा बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार उनीहरूले वसन्तको टाउको र घाँटीलगायतका भागमा कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए ।