जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा पहिरोको जोखिममा रहेका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ। शनिवार दिउँसो ४ बजेतिर गाउँ माथिबाट आएको पहिरोले घरहरू पुरिँदा ६ जना घाइते भएका छन्।
पहिरोको जोखिममा रहेका करिब २०० जना गाउँलेलाई सुरक्षित स्थानमा सारिएको छ।
जोखिममा रहेका ६० भन्दा बढी घरपरिवारलाई गाउँकै त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको हो।
लगातारको वर्षापछि आएको पहिरोमा परेर हराइरहेका तीन जनाको शव आज बिहान मात्रै फेला परेको थियो।
घाइतेमध्ये केहीको जिल्ला अस्पताल जाजरकोट र केहीको नेपालगन्जमा उपचार भइरहेको छ ।