पोखरा। रातभर अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ ।
अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो ठाउँको दुईवटा पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने मेटल पुल खोलाले बगाएको हो । मन्दिर परिसरमा ३ जना मानिस अलपत्र परेका छन् । उनीहरूको उद्धारको लागी सशस्त्र प्रहरीको गोताखोर सहितको टोली घटनास्थलमा पुगेको छ ।