साढे ४ करोड लगानीमा रुकुम पश्चिम-काठमाडौँ तथा काठमाडौँ-रुकुम पश्चिम चल्ने गरी नयाँ एसी स्लिपर बस संचालनमा आएकाछन् ।
संयुक्त रुकुम यातायात प्रालि मार्फत रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आज नयाँ बस भित्रिएका हुन् ।
यात्रुहरुको सहजताका लागि स्लिपर बसहरु संचालनमा आएको प्रालीले जनाएको छ। रुकुम श्री नाम दिइएको प्रालिले चारवटा बस मध्ये तीनवटा नयाँ बस मुसिकोट पुर्याएको समितिका अध्यक्ष डम्बर थापाले जानकारी दिए । एउटा बस भने काठमाडौँमा राखिएको थापाले बताए ।
भदौ १ गतेदेखि रूट अनुसार नियमित रूपमा सञ्चालन गर्ने गरी मुसिकोट ल्याइएका बसलाई समितिले भव्य रूपमा स्वागत गरेको छ । त्रिवेणीको पन्चेबाजा र मयुर नाचले नयाँ बस, ड्राइभर र स्टाफलाई खादा र अबिरले स्वागत गरिएको हो । ३२ सिट क्षमताका चारवटा बसमा केही यात्रुलाई सुतेर यात्रा गर्ने व्यवस्था समेत राखिएको छ ।