“समाचारभन्दा जीवन ठूलो हो।”
उज्यालोपाटीले आत्मदाह तथा आत्महत्या सम्बन्धी घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत नगर्ने सम्पादकीय नीति अवलम्बन गरेको छ।
यस्ता घटनाको विधि, स्थान वा अन्य संवेदनशील विवरणलाई प्राथमिकता दिई समाचार प्रकाशन गरिने छैन। बरु घटना आवश्यक सार्वजनिक हितका दृष्टिले उल्लेख गर्नुपरेमा संयमित भाषा प्रयोग गर्दै पाठकमा नकारात्मक प्रभाव नपर्ने गरी प्रस्तुत गरिनेछ।
एक समाचारले सनसनी होइन, समाजमा संवेदना र जीवनप्रतिको आशा जगाउनुपर्छ।
सम्पादकीय समुह