काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ बजे बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैबीच आज दुई संसदीय समितिको बैठक पनि बस्दैछ । सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।
सार्वजनिक लेखा समितिमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा घटनाका क्रममा जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुने भएको छ ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।