• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

सुनको मूल्य ह्वात्तै बढ्यो

रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच यस्तो भयो तीनबुँदे सहमति

आज यी ठाउँमा हुने छ भारी वर्षा

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ५. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ६. मलेसिया उड्न लागेका नेपाल वायुसेवा निगमका २ कर्मचारी विदेशी मुद्रा सहित पक्राउ

  • ७. गजुरीको चालिसेमा पहिरो : यातायात दुईतर्फी अवरुद्ध

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. आज बढ्यो सुनचाँदीको मूल्य

  • १०. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित


  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।

    Advertisement

    प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८ देखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४ देखि बेलुका १८ बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

    मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ । उक्त सडक खण्डमा बेलुका १७ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

    इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु पहिरोले यहाँ पनि यातायात सेवा प्रभावित भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

    यसैगरी, आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

    लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोक मार्गमा गए राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले यात्रीलाई आग्रह गरेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
    सुनको मूल्य ह्वात्तै बढ्यो
    रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु
    ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै
    छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै
    सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ५.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ६.
      मलेसिया उड्न लागेका नेपाल वायुसेवा निगमका २ कर्मचारी विदेशी मुद्रा सहित पक्राउ

    भर्खरै

    • १.
      इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    • २.
      सुनको मूल्य ह्वात्तै बढ्यो

    • ३.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ४.
      ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

    • ५.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ६.
      सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

    • ७.
      गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच यस्तो भयो तीनबुँदे सहमति

    • ८.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.