तीजको अवसरमा ‘तीजको बेला ननाचे के मज्जा’ सार्वजनिक
काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजको बेला ननाचे के मज्जा’ सार्वजनिक गरिएको छ।
लामो समय देखि शिक्षण पेशामा आवद्ध रुकुम पश्चिमको गोतामकोटका गायक रमेश गौतम र टिका सानुको स्वर रहेको गीतमा रमेश गौतम कै शब्द तथा संगीत रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ जया देवकोटाले गरेका हुन् भने अडियो तरंग डिजिटल स्टुडियोमा तयार गरिएको हो।
गीतको भिडियो टिका सानु अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा तिलक शाही र बबिता श्रेष्ठ को अभिनय रहेको छ।
भिडियोलाई टिका सानुले कथा तथा निर्देशन गरेकी हुन्। छायांकन सुदीप मैनाली, मेकअप संगीता मिजार, सम्पादन तथा कलर अनिल राना ले गरेका छन्। भिडियोको निर्देशक प्रविण थापा हुन् भने आईटी सपोर्ट राजेन्द्र अर्यालले गरेका छन्।
तीज पर्वको उल्लास, नाचगान र रमाइलो वातावरणलाई समेटेर तयार गरिएको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियो हेर्नुहोस