सिरहामा झडपको क्रममा गोली लागेर एक बालकको मृत्यु भएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोल बजारमा गोली लागेर औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो।
अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा विकास ठाकुर छन्। ठाकुरलाई उपचारका लागि अस्पताल लगिएको बरालले जानकारी दिए।
सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेस प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ।
प्रदर्शन उग्र बनेपछि विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ।