गजल
अबुधाबीको आकाश छोडी, लाहोरको बाटो समाएँ,
एक हप्ताको यात्रामा, नयाँ अनुभूति सजाएँ।
सहर फेरिए पनि मनमा आफ्नै सपना जीवित छन्,
हरेक पाइला चाल्दै फेरि, नयाँ कथा रचाएँ।
यात्राले सिकाउँछ जीवन, भेट र बिछोड दुवैलाई,
मुस्कान ओठमा बोकी, थकाइ सबै लुकाएँ।
देश फरक, भाषा फरक, तर माया उस्तै लाग्दोरहेछ,
मानिसको आत्मीयतामा आफ्नै घर भेट्टाएँ।
सपना न्यौपाने पाकिस्तान लोहोर