काठमाडौँ। सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८ सय रुपैयाँले घटेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो । चाँदीको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला ४३७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।