• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लगातार घट्दै सुनको मूल्य, आज पनि घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?


  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
  • काठमाडौं । आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा आएका छन् । सरकारले कतिपय पुराना कर हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ ।

    Advertisement

    सरकारले कर प्रणालीलाई सरल बनाउने, निजी क्षेत्रको लगानी विस्तार गर्ने, उद्योग-व्यवसायलाई प्रोत्साहन गर्ने तथा बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कर नीतिमा परिवर्तन गरेको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को तुलनामा आर्थिक वर्ष २०८३/८४ मा व्यक्तिगत आयकर, भन्सार, अन्तःशुल्क, हरित कर तथा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर प्रणालीमा उल्लेखनीय परिवर्तन गरिएको हो ।

    सबैभन्दा ठूलो परिवर्तन व्यक्तिगत आयकरमा गरिएको छ । यसअघि ५ लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत कर लाग्ने व्यवस्थाको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ ।त्यसैगरी अधिकतम व्यक्तिगत आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ। साउन १ गतेदेखि १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत, १० देखि १५ लाख रुपैयाँसम्म १० प्रतिशत, १५ देखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ देखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आयमा २९ प्रतिशत कर लाग्नेछ। यसबाट विशेषगरी मध्यम तथा उच्च आय भएका करदाताले राहत पाउने अपेक्षा गरिएको छ।

    यस्तै, सरकारले कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको बढेको तलब पनि आजदेखि कार्यान्वयनमा आएको हो ।

    सरकारले भन्सार करतर्फ पनि नयाँ व्यवस्था लागू गरेको छ। यसअघि ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ । साथै, २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ । यसले उद्योगको उत्पादन लागत कम हुने सरकारको अपेक्षा छ ।

    अन्तःशुल्क प्रणालीमा पनि व्यापक परिवर्तन गरिएको छ । ३६० वस्तुमा अब अन्तःशुल्क लाग्ने छैन । तर मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फुड, जुस तथा केही विलासी वस्तुमा भने अन्तःशुल्क वृद्धि गरिएको छ । उक्त वृद्धि गरिएको कर यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

    नयाँ आर्थिक वर्षदेखि पूर्वाधार विकास कर, सडक मर्मत शुल्कलगायत विभिन्न शीर्षकलाई समेटेर एकीकृत हरित कर (ग्रीन ट्याक्स) लागू गरिएको छ । त्यस्तै, कृषि उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

    त्यस्तै, कृषि उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

    नयाँ आर्थिक वर्षदेखि पुँजी बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले सरकारले इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ कारोबार चरणबद्ध रूपमा सञ्चालन गर्ने नीति लिएको छ। सूचीकृत कम्पनीको सेयर बिक्रीबाट हुने पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) मान्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

    के-के थपिए नयाँ शुल्क ?

    आर्थिक ऐन, २०८३ अनुसार साउन १ देखि विभिन्न नयाँ शुल्कसमेत कार्यान्वयनमा आएका छन् । सरकारले ल्याएका कतिपय नयाँ कर नीतिले भने सर्वसाधारणमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

    निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क तथा निजी स्वास्थ्य संस्थाको सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क कार्यान्वयनमा आएको छ । सरकारले सरकारी विद्यालय तथा अस्पताल सुधार गर्न निजी संस्थाले लिने शुल्कमा कर लागू गरेको दाबी गरे पनि यसको प्रत्यक्ष असर आम नागरिकमै पर्ने देखिन्छ ।

    यस्तै, घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ । अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने परिवारले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सरकारले यसको भार अन्तिम उपभोक्तामा नपर्ने गरी वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म त्यससम्बन्धी स्पष्ट व्यवस्था सार्वजनिक गरेको छैन । व्यावसायिक विद्युत् खपतमा भने १३ प्रतिशत नै भ्याट लाग्नेछ ।

    यस्तै, अब पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क लाग्नेछ भने मिनी क्यासिनोले तिर्दै आएको वार्षिक रोयल्टी १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ ।

    साउन १ गतेदेखि सुनचाँदीका गरगहना किन्नेले पनि थप कर तिर्नुपर्नेछ । सुन–चाँदी तथा गरगहना खरिद गर्नेले ०.५ प्रतिशत सीप प्रवद्र्धन शुल्क तिर्नुपर्ने भएको हो । साथै, राइड सेयरिङ सेवामा पनि ५ प्रतिशत सेवा शुल्क थपिएको छ ।

    शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह
    तीजको कोशेली ‘ए मैना सुनन’

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • २.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ३.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ४.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ५.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ६.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ७.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    • ८.
      किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.