काठमाडौँ । डोल्पामा बाढीका कारण घाइते भएकी एक महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।
डोल्पाको जगदुल्ला गाउँपालिका-५ स्थित गैरीगाउँ, धुलाखोला क्षेत्रमा बाढीका कारण ४४ वर्षीया महिला घाइते भएकी थिइन्। उनको प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उद्धार गरिएको हो।
उक्त उद्धार कार्य अन्तर्गत उनलाई सेनाको हेलिकप्टर प्रयोग गरी सुर्खेतस्थित प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको नेपाली सेनाले जानकारी दिएको छ ।