• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

आज ६०० बढ्यो सूनचाँदीको मूल्य

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ५. सुनको मुल्यमा भारी वृद्धि

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ८. कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. आज सामान्य बढ्यो सुनको मुल्य

  • १०. आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो


  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित
  • कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ ।

    Advertisement

    पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताए । उनका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो ।

    ‘हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ । सोहीअनुसार खाली गरिएको हो । सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौँ’, उनले भने । महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्वारमा रहेका सटरमा डोजर चलाएको थियो ।

    महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

    महानगरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णयलगायतका विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुनसकेको छैन । महानगर प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुतगतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताए ।

    पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गरिने बताए । उनले बसपार्कको जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापनको काम पनि अघि बढाइएको बताए । महानगरले यही असार ४ गतेदेखि बसपार्कका संरचना हटाउन सुरु गरेको हो ।

    ‘बसपार्कको ठूलो क्षेत्रभित्र बसेका वास्तविक सुकुम्बासीको अन्यत्र व्यवस्थापन गरेरमात्र सो क्षेत्रमा डोजर चल्छ । अहिले सुकुम्बासीको अन्यत्र जग्गा भए÷नभएको बारेमा छानबिन भइरहेको छ’, वडाध्यक्ष मर्सानीले भने ।

    महानगरले सुकुम्बासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको ‘डकुमेन्ट भेरिफिकेसन’ सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ । महानगर प्रमुख आचार्यले केही सुकुम्बासीले तीनपुस्ते सही विवरण नदिएको तथा झुटा विवरणसमेत दिएको पाइएको बताउँदै छानबिनका लागि समय लागेको बताए ।

    आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश
    श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार
    आज ६०० बढ्यो सूनचाँदीको मूल्य
    सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
    कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला
    आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ५.
      सुनको मुल्यमा भारी वृद्धि

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

    • २.
      श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

    • ३.
      आज ६०० बढ्यो सूनचाँदीको मूल्य

    • ४.
      सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

    • ५.
      कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

    • ६.
      पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

    • ७.
      आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    • ८.
      फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.