काठमाडौ । बहुमतको सरकारले संसदीय प्रक्रियालाई छलेर खल्तीबाट अध्यादेश ल्याएको अधिवक्ता निकेश कुमार लम्सालले बताएका छन । काठमाडौमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
Advertisement
सरकारले सहकारी , संवैधानिक परिषदसम्बन्धी लगायतका अध्यादेश ल्याउनु सरकार विधिको बाटोमा नगएको उनको तर्क छ ।
बहुमतको सरकारले संसद स्थिगीत गरेर अध्यादेशको बाटो रोज्नु कायरता भएको उनले बताए ।
कार्यक्रममा अधिवक्ता लम्सालले यस्ता अध्यादेशहरू कति उचित र संविधान अनुकूल छन् भन्ने विषयमा प्रश्न उठाउँदै आएका छन् ।