• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ४. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • १०. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

"कांग्रेसले आफूलाई बदल्ने साहस गर्छ, कि समयले उसलाई बदल्छ? "

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस यतिबेला गहिरो आन्तरिक संक्रमणको चरणमा छ। लामो समयसम्म पार्टीको केन्द्रमा रहेका शेरबहादुर देउवा को प्रभाव कमजोर बन्दै गएको संकेतहरू देखिन थालेका छन्। पार्टीभित्रको शक्ति सन्तुलन क्रमशः नयाँ पुस्तातिर सर्दै जाँदा “देउवाको हातबाट काँग्रेस फुत्कियो” भन्ने बहस तीव्र भएको छ। देउवा दशकौँदेखि कांग्रेस राजनीतिका निर्णायक पात्र रहँदै आएका थिए। संगठन, संसदीय दल र सरकार तीनै तहमा उनको पकड बलियो थियो। तर पछिल्ला वर्षहरूमा त्यो वर्चस्व क्रमशः खुकुलो बन्दै गएको छ।

    Advertisement

    अदालतले काँग्रेसको बैधानिकता गगन थापा लाई दिएपछि यतिबेला काँग्रेसमा बहस तात्तिएको छ । आफ्नै श्रीमती आरजु सहितका देउवाका निकट मानिने केही नेताहरुको कुबुद्धिका कारण आज देउवाको लामो इतिहासमा ब्रेक लागेको छ । पार्टीभित्रै बढ्दो असन्तुष्टि, निर्णय प्रक्रियामा सीमित घेरा, र नेतृत्वको पुनरावृत्तिले धेरै नेताहरू वैकल्पिक धार खोज्न थालेका छन्।

    नयाँ पुस्ताको उदय सँगै अहिले परिवर्तनको केन्द्रमा छन् गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा नेता। उनीहरूले पार्टीमा पारदर्शिता, आन्तरिक लोकतन्त्र र नीतिगत स्पष्टताको माग गर्दै आएका छन्।महाधिवेशनपछि उनीहरूको प्रभाव झन् बढेको छ।संसदीय बहसदेखि संगठन निर्माणसम्म नयाँ पुस्ताले आफ्नो उपस्थितिलाई स्थापित गरिरहेको छ।

    गुटबन्दी र शक्ति संघर्ष बाट जन्मिएका गगनहरु बलिया बन्दै गएका छन् । हुन त कांग्रेसभित्रको गुटीय राजनीति नयाँ होइन, तर अहिलेको अवस्था फरक छ।
    देउवा समूह, संस्थापनइतर समूह र नयाँ पुस्ताबीचको शक्ति संघर्षले निर्णय प्रक्रियालाई जटिल बनाएको छ। यसले पार्टीको एकीकृत छवि कमजोर बनाउँदै लगेको छ।
    सत्ता संचालन र संगठनबीचको दूरी यस अघि सरकारमा सहभागिता हुँदा पनि पार्टीभित्र सन्तुलन कायम गर्न देउवा नेतृत्व असफल भएको आरोप लाग्दै आएको छ।

    नीतिगत बहसभन्दा पद बाँडफाँड र समीकरणमा बढी ध्यान गएको भन्दै आलोचना चर्किए पछि देउवा विरुद्ध पुस्तान्तरणको नारा लगाएर काँग्रेस सभापतिमा विजयी भएका गगनहरुले काँग्रेस हाकिरहँदा अर्कोतिर देउवा समूह गगन लाई साथ नदिने निष्कर्षमा छन् । यसले कार्यकर्ता तहमा निराशा बढाएको देखिन्छ।

    काँग्रेसमा आगामी बाटो: रूपान्तरण कि विखण्डन?

    नेपाली कांग्रेस अहिले यस्तो मोडमा आइपुगेको छ । जहाँबाट फर्किने बाटो छैन । या त आफूलाई बदल्ने, या बिस्तारै कमजोर हुँदै जाने। पार्टीको लामो समय नेतृत्वमा रहेका शेरबहादुर देउवा र उदयमान पुस्ता गगन थापा, विश्वप्रकाश शर्मा बीचको शक्ति सन्तुलनले नै अबको दिशा तय गर्नेछ।

    सजिलो अर्थमा भन्दा कांग्रेस अब निर्णायक मोडमा छ। यदि नयाँ र पुराना पुस्ताबीच सहकार्य र सन्तुलन कायम हुन सकेन भने पार्टी थप कमजोर बन्ने जोखिम छ। तर, यही संक्रमणलाई अवसरका रूपमा लिएर संगठनलाई पुनःसंरचना गर्न सके कांग्रेसले नयाँ ऊर्जा पनि पाउन सक्छ। कांग्रेसको इतिहास बलियो भए पनि वर्तमान चुनौती फरक छन्। मतदाताको अपेक्षा बदलिएको छ—पारदर्शिता, नतिजामुखी राजनीति र स्पष्ट नीतिको माग बढेको छ। कांग्रेस अहिले दुई ढोकामध्ये एक रोज्ने अवस्थामा छ। रूपान्तरण रोजे पुनर्जागरण सम्भव छ ।

    • अर्जुन बिष्ट
    • नेपाली काँग्रेस
    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?
    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ४.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • २.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ३.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ४.
      आज पनि घट्यो सुनको मुल्य

    • ५.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ६.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.