जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका अधिकृतस्तरका कर्मचारी काठमाडौँस्थित गृह मन्त्रालयमा काजमा रहँदा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ ।
Advertisement
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार दरबन्दीअनुसारका कर्मचारी कार्यस्थलमा नहुँदा प्रशासन कार्यालयको दैनिक कामकाजमा समस्या देखिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा रहेका छन् । उनीहरू काठमाडौँमा रहे पनि सेवासुविधा भने जुम्लाबाटै लिइरहेका छन् ।
कर्मचारी अभावका कारण नागरिकता वितरण, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय तथा विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा प्रभावित भएका छन् ।
सेवा प्रवाहमा ढिलाइ हुन थालेपछि सेवाग्राहीले गुनासो गर्न थालेका छन् भने प्रशासनिक कार्यसम्पादनसमेत प्रभावित बनेको छ ।