काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक तर्फका लागि एक उम्मेदवारको नाम सांसदमा सिफारिस गरे पनि उक्त नाम निर्वाचन आयोग नेपालमा नपुगेको खुलासा भएको छ। काँग्रेसले आयोगलाई पठाएको २० जना सांसदको नाम मध्ये मान बहादुर नेपालीको नाम समावेश थियो ।
पार्टी स्रोतका अनुसार सम्बन्धित व्यक्तिलाई प्रतिनिधिसभा सदस्यका रूपमा पठाउने निर्णय पार्टीभित्रैबाट भएको थियो। तर प्रशासनिक प्रक्रिया वा आन्तरिक समन्वयको अभावका कारण उक्त सिफारिस आयोगसम्म आधिकारिक रूपमा नपुगेको बताइएको छ। नेपाली काँग्रेसको तर्फबाट रुकुम पश्चिमका समानुपातिक उम्मेदवार मान बहादुर नेपाली लाई सांसदको लागि पार्टीले सिफारिस गरेपनी आयोगको अन्तिम नामवलीमा उनको नाम नदेखिएको पाईएको छ ।
यस विषय सार्वजनिक भएपछि पार्टीभित्रै केही नेताहरूले चलखेल गरेर उनको नाम काटिदिएको हुनसक्ने आशंका गरिएको छ । गुटका कारण यस्तो हुनसक्ने भन्दै अहिले सामाजिक संजालमा चौतर्फी आलोचना भैरहेको छ । नेपाली देउवा समुहक निकट मानिन्छन् । सिफारिस भएको नाम किन र कसरी आयोगसम्म नपुगेको हो भन्ने विषयमा स्पष्ट पार्न पार्टी नेतृत्वसँग माग गरेका छन्।
उक्त घटनाले पार्टीभित्रको समन्वय र प्रक्रिया व्यवस्थापनबारे प्रश्न उठाएको छ। यद्यपि नेपाली काँग्रेसका केही नेताहरूले भने प्राविधिक वा प्रक्रियागत कारणले यस्तो भएको हुन सक्ने बताएका छन्।
यस विषयमा निर्वाचन आयोग नेपालले भने आफूहरूलाई आधिकारिक रूपमा प्राप्त सूचीमा मात्र प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएको छ। यस विषयमा जिम्मेवारी निर्धारणका विषयमा पार्टीभित्र छलफल भइरहेको बताइएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण हेर्नुहोस
