भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ साउनदेखि पुससम्ममा १४ करोड १८ लाख ४५ हजार रुपैयाँको २ करोड १८ लाख ७८ हजार २९९ वटा कन्डम आयात भएको उल्लेख छ । ६ महिनामा २ करोड १८ लाख भन्दा बढी कन्डम आयात भएको छ ।
Advertisement
अघिल्लो वर्षको यसै अवधिमा १२ करोड ६२ लाख ५८ हजार रुपैयाँको १ करोड ७७ लाख ४० हजार २४९ वटा कन्डम आयात भएको थियो । उक्त परिमाणमा आयात हुँदा ४ हजार भन्सारमा राजस्व सङ्कलन भएको थियो ।