भारतको दिल्ली स्थित अस्पतालमा गायक प्रशान्त तामाङको आज आइतबार हृदयघातका कारण मृत्यु भएको छ ।
Advertisement
भारतीय मुलका नेपाली गायक तथा अभिनेता प्रशान्त तामाङ भारतीय रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता थिए भने असारे महिना लगायत दर्जनौं गीत नेपाली तथा हिन्दी भाषाका गीतहरुमा उनको सुमधुर आवाज चर्चित रहेको छ ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित हिन्दी चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ भने परदेशी लगायत नेपाली चलचित्रहरुमा पनि उनले अभिनय गरिसकेका थिए ।
पारिवारिक श्रोतका अनुसार हृदयघातका कारण आज उनको मृत्यु भएको जनाइएको छ भने उनी केहि दिन देखि अस्वस्थ रहेको समेत जानकारीमा आएको छ ।