काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ। हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ।
Advertisement
यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो। केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम झुम्मिएकाले जिल्लाभर चिसो बढेको छ। आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो।