नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पेस भएको छ ।
Advertisement
सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको हो ।