नेपाली कांग्रेस रुकुम पश्चिम अन्तर्गत आठबिसकोट नगरपालिका ९ नम्वर वडा सभापति पदका लागि ललित चन्दले बलियो उम्मेदवारी प्रस्तुत गरेका छन्। पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका चन्द संगठन निर्माण, कार्यकर्ता एकता र स्थानीय मुद्दामा निरन्तर खटिँदै आएका छन् ।
चन्दको उम्मेदवारीलाई स्थानीय नेता–कार्यकर्ता तथा युवाहरूको उल्लेखनीय समर्थन प्राप्त भएको बताइएको छ। उनले वडा तहमा पार्टी संगठन मजबुत बनाउने, जनताको आवाजलाई प्राथमिकता दिने र कांग्रेसलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।
पार्टीभित्र सक्रिय र जनसम्पर्कमा अब्बल नेताको रूपमा चिनिएका उनको उम्मेदवारीले आठबिसकोटमा कांग्रेसको आन्तरिक राजनीति थप चासोको विषय बनेको छ। यहि पुस १६ गते हुने वडा अधिवेशनको लागी पार्टी भित्र सहमति गरेरै वडा सभापतिको उम्मेदवार हुने उनको भनाई छ। चन्दले भने अधिकाश युवाहरु र पार्टीको सहमति अनुसार आफु वडा सभापति बन्ने र सहमति नभएमा आफु चुनाव लड्न पनि तयार भएको उनले बताए।