हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।
Advertisement
दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ। देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका छन् ।