रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडानं ५ हाँसुमा कोटखाली खेलमैदान सप्पन्न भएको छ। ८० मिटर लम्बाई र ३० मिटर चौँडाइ भएको उक्त कोटखाली खेलमैदान कोटखाली मेलाको लागि अति आवश्यक थियो।
लामो समय देखी खेल मैदान नहुंदा डिग्रे पुर्णिामा को अवसर पारेर लाग्दै आएको कोटखाली मेला श्री बालहित आधारभुत विद्यालय सानिभेरी ५ हाँसु मा लाग्ने हुँदा पठनपाठनमा बाधा पुगेको थियो।
भलिबल खेलका लागी खेल मैदानको अभाव भएपछी विदेशमा रहेका युवाहरुको आर्थिक सहयोगमा मैदान निर्माण भएको हो। उक्त मेलामा ठुलो पुरुस्कार राशीको भलिवल आयोजना हुने र नाँचगान गरेर मेला मनाउने गरिन्छ। मेलामा खेलकुद आयोजनाको खेल मैदान बनाउन लागी परिवर्तन शिल युबा क्लबले स्वदेस तथा बिदेशमा रहेका खेलप्रेमी युवाहरुबाट आर्थिक संकलन गरेर खेलकुद मैदान निर्माण गरिएको क्लबका अध्यक्ष अजय बस्नेतले जानकारी दिए।
वडा कार्यालय र पालिका बाट मैदानको घेरबारको लागी आवश्यक सहयोग माग गरिएको बताएइको छ। मैदान निर्माणका लागी सहयोग गर्ने सबैदातालाई क्लबले धन्यवाद व्यक्त गरेको छ।