आठबिसकोट ९ सुन्दरपानीमा रहेको कालिका माविको प्रधानाध्यापक मा रविन्द्र बटाला नियुक्त भएका छन्। यस अघिका प्रधानाध्यापक जय बहादुर बटालाको कार्यकाल सकिएपछी बटालालाई प्रअको जिम्मेवारी दिइएको हो ।
Advertisement
आठबिसकोट नगरपालिकाको ११० औं नगर कार्यपालिकाको बैठकले उनलाई प्रधानाध्यापक मा नियुक्त गरेको हो ।
त्यस्तै जनता मवि झिन्चौरमा पुर्ण बहादुर चन्द लाई प्रधानाध्यापक को जिम्मेवारी दिईएको छ । बटाला र चन्दले लामो समय देखि शिक्षण पेशाको अनुभव बटुलेका छन्।
विधालय व्यवस्थापन समितिको निर्णय सिफारिस भएका शिक्षकहरु लाई नगरपालिकाले नियुक्ती दिएको हो ।