अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतमा दर्ता परेको उजुरीका आधारमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका जनप्रतिनिधिहरु लाई उपस्थित हुन पत्राचार गरिएको छ । ५ जना जनप्रतिनिधिलाई उपस्थित गराइदिन आयोगले आठबिसकोट नगरपालिका लाई पत्र पठाएको छ।
वडा नम्वर –९ मा रहेको दुग्ध सहकारीको नाममा डेरी सञ्चालन गर्ने गरी रकम दुरुपयोग गरेको भन्दै अख्तियारले उपस्थित हुन निर्देशन दिएको हो । उज्यालोपाटी लाई प्राप्त सुचना अनुसार उनीहरुलाई सोधपुछको लागि बोलाईएको हो । जनप्रतिनिधिहरुको बयान पछी डेरी सञ्चालक जनक बटाला माथि थप अनुसन्धान अघि बढाउने बताईएको छ ।
आयोगले आइतवार पठाएको पत्र अनुसार आठबिसकोट नगरपालिका–९ का जनक बटालाले डेरीका नाममा प्रयाप्त रकम दुरुपयोग गरेको पत्रमा उल्लेख गरिएको र यस अघि पनि उक्त डेरीमा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको थियो । उक्त डेरी कागजातमा अनियमितताको सम्भावना रहेको भन्दै घटनाबारे स्पष्ट बुझ्न जनप्रतिनिधिहरु लाई अनुसन्धानी उपस्थितिको लागि बोलाइएको हो।
आयोगले पत्र मार्फत ५ जना जनप्रतिनिधि लाई आयोगको सुर्खेत कार्यालय मा उपस्थित हुने गरी आदेश गरेको बताइएको छ ।
आठबिसकोट दुग्ध सहकारी संस्था’को नाममा २०७७ जेठमा स्थापना भएको थियो । तर, सोही दिनदेखि अहिलेसम्म उक्त डेरी उद्योगको ढोका खुलेको छैन । तत्काल सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेर १ करोड २० लाख रुपैयाँ लगानी भएको डेरी उद्योग सञ्चालनमै नआएर अलपत्र अवस्थामा रहेको छ । दूध ढुवानीका लागि मिल्क ट्रयांकर जडित गाडीसहित तीन वटा गाडी जेनेरेटरलगायत आवश्यक पर्ने सबै भौतिक सामग्री उपलब्ध छन् । तर गाडी र जेनेरेटर भने व्यक्तिलाई भाडामा दिइएको बताईएको छ ।
सो दुग्ध सहकारीको विषय बेला बेला विवादमा तानिएको छ । डेरी सञ्चालकले सरकारी अनुदान लिने तर सञ्चालन नगर्ने भन्दै स्थानीय स्तरमा चर्को आवाज उठ्ने गरेको छ ।
*यस अघि ४ जना जनप्रतिनिधि भएकोमा ५ जना बनाईएको छ। सम्पादक