सुजन बिश्वकर्मा , पोखरा लामो समय देखि भ्रष्टाचार , अनियमितता र बेथितिको दलदलमा डुबेको हाम्रो देश हरेक सन्दर्भमा दुख पाउने मुख्य पात्र जनता नै बनिरहेको छन ।
गत भदौ २३ र २४ को जेन-जेड आन्दोलन पछि ध्वस्त भएको सरकारी संयन्त्र अहिलेसम्म ठिकठाक अवस्थामा उठ्न सकिरहेको छैन । भ्रस्टाचार चरम सिमामा पुगेको भन्दै यसको रोकथामका लागि गरिएको उक्त आन्दोलनले दिशा परिवर्तन गरेर सत्ता सहित देशका सम्पुर्ण निकायहरु ढलेका थिए । कलिला विद्यार्थीहरु , सुरक्षाकर्मी लगायतको बलिदान पछि पनि परिवर्तन केहि देखिएको छैन बरु भइरहेका अधिकांश सरकारी निकायहरु जलेर सकिए ।
आन्दोलन पछि बिस्तारै सम्भावित प्रयास बाट सञ्चालनमा आएका निकायहरुमा भ्रष्टाचार र विचौलियाहरुको चहलपहल पहिलाकै गतिमा अगाडि बढिरहेको छ । भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय पोखरामा उज्यालो पाटीले गरेको सोधखोज बाट विचौलियाहरुको अग्रसरता उस्तै रहेको फेला परेको छ ।
यातायात व्यवस्था कार्यालय पोखरामा एउटा डरलाग्दो दृश्य देखिएको छ । सामान्य सेवाग्राही झैँ देखिने व्यक्तिहरु कार्यालयको कर्मचारी समान भित्रको रातो अभिलेख फाइल हातमा लिएर हिड्छन जुन व्यक्तिहरु कार्यालयका आधिकारिक कर्मचारी नभई लेखापढी गर्ने व्यक्तिहरु हुन ।
सेवा लिन गएका सेवाग्राहीहरुको काम अनुसार सनाखत वा नामसारी वा जुनसुकै विवरण भर्ने फोटो टाँस्ने लगायत सम्पुर्ण काम बाहिरै गरिदिन्छन् त्यसपछि सेवाग्राहीलाई त्यहीँ बस्न लगाउछन र आफुहरु भित्र गएर सम्बन्धित आधिकारिक कर्मचारीको हस्ताक्षर र कार्यालयको छाप लगाएर फेरि हातमा अभिलेख फाइल लिएर बाहिर आउँछन । यसो गरेबापत सेवाग्राहीसँग कार्यालयमा लाग्ने भन्दा चर्को रकम उनिहरुले लिन्छन् । उज्यालो पाटी सँग भने, चाहिने सबै कागजात भएका बिना कुनै झन्झट सरासर हुने काममा पनि उनिहरु सेवाग्राहीसँग ५ सय देखि १५०० सम्मको शुल्क लिन्छन् । यस विषयमा यातायात व्यवस्था कार्यालय पोखराका प्रशासन प्रमुख ढाका प्रसाद शर्मासँग कुरा गर्दा त्यहाँ भइरहेको यी सबै गतिविधिहरु स्वीकार गर्दै यसमा केहि न केहि सेवाग्राहीहरुको पनि दोष रहेको उनले बताए ।
प्रशासन प्रमुख ढाका प्रसाद शर्मा भन्छन् कतिपय सेवाग्राहीहरु कै कमजोरी छन कार्यालयसम्म आइसकेपछि केहि समय लाइनमा बस्न अल्छी मानेर विचौलियाहरुलाइ पैसा दिएपछि सजिलै काम बन्ने मानसिकता राखेर चर्को रकम दिई सेवाग्राही बाटै विचौलियाको मनोबल बढाउने काम भएको उनले सुनाए ।
एकातिर भदौ २३ र २४ को आन्दोलन पछि ठप्प भएको सेवालाई विभिन्न संस्था , समाजसेवी र व्यक्तिहरुसँग सहयोग लिएर जसोतसो सन्चालनमा ल्याइएको छ अर्कोतिर विचौलियाहरुको यस्ता हर्कतले गर्दा सेवाग्राहीहरु मारमा परेको उनले स्वीकार गरेका छन भने जतिसक्दो छिटो प्रदेश सरकार वा कुनै निकाय बाट बजेट ल्याउने प्रयत्न गरिरहेको त्यसपछि व्यबस्थित तरिकाले कार्यालय सन्चालन गर्न जोड गरिरहेको उनको भनाइ छ यसरी व्यवस्थित तरिकाले सेवा दिन सकियो भने विचौलियाहरुको सकृयतामा आफुहरुको सजिलै आँखा पुग्ने र त्यसलाई रोक्न सकिने उनले बताए ।
असहजता र अनियन्त्रित अवस्था देखाए पनि हरकोही विचौलियाको हातमा सरकारी अभिलेखको फाइल पुग्नु भनेको निकै जोखिमपुर्ण छ । यसको कारण चर्को रकम लिएर उनिहरुले सरकारी अभिलेखको दुरुपयोग गर्नसक्ने जोखिम रहन्छ , कार्यालय बाट स्वीकृत नदिइने वा रद्द गरिनुपर्ने कामहरु पनि उनिहरुले सरासर गर्न सक्ने देखिएको छ हातमा अभिलेख फाइल नै भएपछि जसले जे मन लाग्छ त्यही गर्दा पनि भयो नि यो चिन्ताको विषय हो भन्ने प्रश्नमा आज अहिल्यै बाट यो विषयलाई गम्भीरताका साथ लिइ हरेक शाखा र कर्मचारीहरुलाई म निर्देशन दिन्छु अब बाट यस्तो हुँदैन भनेर प्रशासन प्रमुखले आश्वासन व्यक्त गरेका छन ।