रुकुम पूर्वमा घरको बार्दली बाट लडेर घाइते भएका बालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको सिस्ने गाउँपालिका -३ स्थित पोखराका ७ वर्षीय प्रटुस केसीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
Advertisement
आज दिउँसो आफ्नै घरमा खेल्ने क्रममा बार्दलीबाट लडेर दाहिने खुट्टाको घुडाको हड्डी भाँचिएको र जिल्ला अस्पताल रुकुम पूर्वमा सामान्य उपचार पछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।