काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार तथा सत्ता दुरुपयोग गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
Advertisement
चितवनका सञ्चिव भट्टाईद्वारा दर्ता गरिएको उजुरीमा तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष लाभ हुने गरी गराएको दाबी गरिएको छ।
विशेष गरी गिरिबन्दु टी स्टेटको ३ सय ४३ बिघा जमिन, स्मार्ट सिटी परियोजना तथा मल्होत्रा समूहमाथि चलिरहेका मुद्दा मोड्न कानून संशोधनसम्म गरिएको आरोप उजुरीमा लगाइएको छ ।
उजुरीमा ‘गिरिबन्दु टी–स्टेट प्रालि’ सम्बन्धी विवाद, रजिष्ट्री रोक्का तथा मुद्दा प्रक्रियामा हस्तक्षेप गरी मल्होत्राको पक्षमा निर्णय दिलाउन प्रधानमन्त्री ओली तथा सम्बद्ध मन्त्री र सचिवहरूले प्रत्यक्ष भूमिका खेलेको दाबी गरिएको छ।