सुजन विश्वकर्मा
पोखरा । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ मा रहेको ज्ञानोदय मावि चौतारामा शिक्षक नियुक्ति विवाद फेरी चुलिएको छ । गत वर्ष उक्त बिधालयको निमावि तहको लागी अग्रेजी विषयमा शिक्षक आवश्यकता सम्बन्धि दरखास्त आह्वान गरिएको थियो ।
नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले परिक्षार्थी मार्फत ४० हजार रुपैयाँ नास्ता खर्च वापत लिएको भन्दै उपप्रमुख धन कुमारी शाहीले गत वर्ष नै तत्कालीन माओवादीका आठबिसकोट पार्टी अध्यक्ष समक्ष स्पष्टीकरण दिएकी थिइन्।सोही वडाका कविराम विकले शिक्षक बन्नलाई ४० हजार रुपैयाँ परिक्षा समितिलाई नास्ता खर्च स्वरुप दिएको भनेर विवाद उत्पन्न भएको थियो । विवाद बढेपछी २०८१ साल भदौ महिनामा शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टलाई नगर प्रमुख रवि केसीले स्पष्टीकरण सोधेका थिए ।
विकले शिक्षक बन्न आफुले पैसा दिएको दाबी गरेका छन्। भने शिक्षा अधिकृतले लेनदेन नभएको र शिक्षा नियमावली अनुसार नै परिक्षा सञ्चालन भएको विज्ञप्ति मार्फत जानकारी गराएका छन्। उज्यालोपाटी सँग बिष्टले भने, मैले १ रुपैयाँ पनि लिएको छैन्। म माथि लगाईएको आरोप झुटो हो । परिक्षा निष्पक्ष रुपमा भएको थियो । यो पैसाको विषयमा मलाई थाहा छैन्। उज्यालोपाटी सँगको संवाद पछी उनले एक विज्ञप्ति जारी गरेका छन्।
उपप्रमुख धन कुमारी शाहीले भने उक्त रकम शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट लाई नै बुझाएको पत्रमा उल्लेख गरेकी छन्। शाही द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।, कविराम विक बाट ४० हजार रुपैयाँ परिक्षा समितिलाई नास्ता खर्च भनि लिएको र उक्त पैसा शिक्षा अधिकृत बिष्ट लाई बुझाएको मा यो प्रक्रियामा नियतबस नभएका कारण आगामी दिनमा यस्तो गल्ति हुने छैन्। भनेर उल्लेख गरिएको छ । अहिले सामाजिक सञ्जालमा फेरी उक्त घटना चर्चाको बिषय बनेको छ ।