नेकपा माओवादी केन्द्र मुसीकोट नगर कमिटीले पार्टी एकतामा सामेल नहुने भन्दै पुष्पकमल दाहाल प्रचण्ड बाट अलग भएको विज्ञप्ति निकाल्दै सिङ्गो नगर कमिटी नै जनार्दनको अभियानमा लाग्ने भनेपछि पार्टीको नगर कमिटीमै जुहारी चलेको छ।
प्रचण्डले माओवादी विचार र दृष्टिकोण बिर्सजन गरी नाम मात्रको कम्युनिष्टको नाटक मञ्चन गरेकाले एकता प्रक्रियामा नजाने र जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने मुसीकोट नगर समितिको पदाधिकारी बैठकले निर्णय गरेको उल्लेख गरिएको विज्ञप्तिमा नगर कमिटीका अध्यक्ष दल बहादुर खड्काले हस्ताक्षर गरेका छन्।
यता पार्टीका नगर कमिटी उपाध्यक्ष धन बहादुर खड्का बसन्तले भने पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरी मुसिकोटको सिङ्गो नगर कमिटी जनार्दन शर्माको पक्षमा भएको भनी झुटोको खेती गरेको बताएका छन्।
उपाध्यक्ष खड्काले विज्ञप्तिमा भनेका छन्। , नगर कमिटीको बैठक नै नबसी अध्यक्षले मात्रै सुटुक्क विज्ञप्ति लेखेर सिङ्गो नगर समितिको हवाला दिँदै पार्टीको नीति र निर्णयका विरुद्ध गरिएका गतिविधिको भ्रममा नपर्नुहोला। छ । यो नगरपालिका जनार्दन शर्माको गृह नगर हो। माओवादी फुटेपछि अहिले प्रचण्ड र जनार्दन पक्षले आआफ्नै संगठन विस्तार लाई तीव्रता दिएका छन्। उपाध्यक्ष खड्काले कमिटीको बैठक बसी आधिकारीक धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।

