• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. रास्वपाले रुकुम पश्चिममा सुरु गर्यो ‘हामी आउँदै छौँ’ अभियान

  • ७. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • १०. न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

हिउँदमा सुनसान बुकीपाटन


  •   बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
  • बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बागलुङको बुकीपाटन चिसो बढ्नेबित्तिकै सुनसान भएको छ। सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो।

    Advertisement

    अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्। पहिले गोठालाले रचन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।

    असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइ हुने गर्छ। गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ। चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन्। समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ।

    बर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए।

    असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ। बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न सक्ने हुँदा बर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताउँछन्।

    गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ। उनले भने, ‘दुई वर्षदेखि त बुकीपाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन्।’

    नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले वर्खाको समय चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका छन्। ढोरपाटन नगरपालिका-८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए।

    धेरै गोठालाले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामामै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकीपाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन्।

    ‘यतिबेला त बुकीपाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिँदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले–पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भिड लाग्छ’, सुनारले भने, ‘अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लिन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ।’

    चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ। अब हिउँ परेपछि हिउँखेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए।

    ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ। पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइ गर्थे। हिउँदमा बेसी र बर्खामा ढोरपाटनमा बस्ने गर्थे। तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ। सडकले जोडिएपछि बिस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन्। रासस

    • बाग्लुङ्ग
    • बुकिपाटन
    बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
    बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो
    गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै
    बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
    भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      रास्वपाले रुकुम पश्चिममा सुरु गर्यो ‘हामी आउँदै छौँ’ अभियान

    भर्खरै

    • १.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • २.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ३.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ४.
      नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

    • ५.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    • ६.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ७.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • ८.
      सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.