नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपाल काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरोमा पुगेको छ । सामाजिक सञ्जालमा बालेनले लेखेको एउटा स्टाटसलाई लिएर युवा संघले उजुरी दिन लागेको हो । उजुरीका लागि युवा संघका उपाध्यक्ष महाराज गुरुङसहितका नेता तथा कार्यकर्ताहरु व्यूरोको कार्यालय भोटाहिटी पुगेको हो ।
Advertisement
बालेनले सामाजिक सञ्जालमा स्टाटस हालेर राजनीतिक दलको मानमर्दन गरेको र मित्र राष्ट्रहरुलाई समेत अपमानित गरेको भन्दै उनीविरुद्ध विद्युतीय अपराधअन्तर्गतको कारबाहीको माग गरिएको छ ।