असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको १८ दिनपछि बीभत्स हत्या भएको अवस्थामा जङ्गलमा शव भेटिएको छ। लेटाङ नगरपालिका–२ की गौतमको शव चिसाङ साझेदारी वनमा शुक्रबार फेला परेको हो।
Advertisement
प्रहरीका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टाछुट्टै सडेर दुर्गन्ध फैलिएको अवस्थामा शव भेटिएको हो । घाँस काट्न जङ्गल गएका स्थानीयवासीले वनभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।