• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

दाङ्गको राप्ती प्रादेशिक अस्पतालः नाम प्रादेशिक, सेवा थपिएन


  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
  • तुलसीपुरस्थित तत्कालीन राप्ती अञ्चल अस्पताललाई २०७५ साल पुसमा प्रादेशिक अस्पताल बनाइएको हो । तत्कालीन अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाएपछि सेवा थप हुने अपेक्षा गरिए पनि त्यो हुन सकेको छैन । अहिले पनि ५० शय्याको अनुमतिमा अस्पताल सञ्चालन भइरहेको छ ।

    Advertisement

    अस्पतालले ५० शय्याको अनुमति पाए पनि हाल बिरामीको चापअनुसार एक सय ४१ शय्या सञ्चालनमा ल्याइएको छ । अस्पताल विकास समितिले निर्णय गरेर सोहीबराबरका शय्या थप गरी सेवा प्रदान गरिएको समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए । “छ सय शय्याको अस्पतालको गुरुयोजना बन्यो । दुई सय शय्याको जनशक्ति पठाउने भनी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सर्भेको काम पनि अघि बढ्यो”, उनले भने, “त्यसले कुनै पूर्णता पाउन सकेको छैन ।”

    हाल दाङमात्र होइन, सल्यान, रुकुम, जाजरकोट, रोल्पालगायत जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गरेका अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार यसरी बाहिरी जिल्लाका बिरामी आउन थालेपछि २०७६ सालमा सङ्घीय सरकारले दुई सय शय्याको अस्पतालको पत्रसमेत दिएको हो ।

    “सोहीअनुरुप एक शय्याबराबर रु पाँच लाखसम्म अनुदान दिने भन्ने पनि थियो । तर, अहिलेसम्म सोअनुसार कुनै अनुदान पनि आएको छैन”, अध्यक्ष न्यौपानेले भने, “हाल अस्पतालबाट बिरामी रेफर गर्ने गरेको भनी गुनासो पनि बढ्ने गरेको छ । आकस्मिक उपचार कक्ष (आइसियू) सञ्चालन हुनसकेको छैन । जनशक्ति पनि अभाव हुँदा रेफर गर्नुपर्ने बाध्यता छ ।”

    अस्पतालको छ बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको अध्यक्ष न्यौपानेले बताए । उक्त जग्गा फिर्ता ल्याउनका लागि पनि जिल्ला प्रशासन, स्थानीय सरकारलगायत सरोकार भएका सबैलाई पत्र पठाइएको जनाउँदै उनले त्यसको कुनै उपलब्धि नभएको गुनासो गरे ।

    बिरामीको पनि घुइँचो बढ्न थालेको बताउँदै अध्यक्ष न्यौपानेले टिकट काउन्टर पाँच र बिल काउन्टर दुई सञ्चालनमा ल्याइएको जानकारी दिए । “अस्पालमा जडान गरिएको टोकन प्रणाली पनि प्रयोगमा छैन । जसले गर्दा भीडभाड हुने गरेको छ”, उनले भने ।

    अस्पतालमा सीमित स्रोतसाधन र जनशक्ति हुँदा सेवा प्रवाहमा केही समस्या भएको कुरा सेवाग्राहीलाई बुझाउन नसक्दा अस्पतालप्रति गुनासो बढेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । “सेवा थप गर्नेभन्दा पनि भएका सेवा कसरी सञ्चालन गर्ने भन्ने चिन्ता हुन थालेको छ”, उनले भने, “भएका सेवालाई गुण्स्तरीय र प्रभावकारी बनाउनु चुनौतीपूर्ण छ ।”

    अस्पताल प्रादेशिक भए पनि अहिले पनि तत्कालीन अञ्चलको अवस्थाको सेवा सुविधामात्र दिन सकिएको डा अधिकारीले उल्लेख गरे । अहिले डायलायसिस र एनआइसीयू सेवा भने विस्तार गरिएको उनले बताए । “अस्पतालको कुनै कार्यक्रम थपिएको छैन”, उनले भने, “तर हामीले आफ्नो दायित्वअन्तर्गत डायलायसिस र एनआइसीयू सेवा विस्तार गरेका छौँ ।”

    हाल अस्पतालबाट पाँचदेखि सात प्रतिशत मात्रै बिरामीलाई रेफर गर्ने गरिएको डा अधिकारीले जानकारी दिए । दुर्घटनासम्बन्धी घटना र केही बिरामीको माग अनुसार रेफर गर्ने गरिएको उनको भनाइ छ । चिकित्सकहरू आफ्नो कार्यसमयमा नबस्ने गरेको गुनासो आइरहेको भन्दै यसमा चिकित्सक स्वयम् गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । साथै उनले अस्पतालका ‘सटर’हको बोलपत्र प्रक्रिया अघि बढाइएको जनाउँदै डा अधिकारीले भवन डिभिजन कार्यालयबाट पनि प्रतिवेदन आइसकेको बताए ।

    चिकित्सकहरू नियमित ड्युटमा नबस्दा बढी गुनासो आउने गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । “चिकित्सक अस्पतालमा नभेटिने, बिरामीको रिपोर्ट नहेर्ने, हेरे पनि दुई(तीन घण्टा लगाइदिने गुनासोले आक्रोश बढेको छ, यो समस्या सुधार नभएसम्म यस्ता गुनासा आइरहन्छन्”, उनले भने । चिकित्कसहरू दिउँसो १ः०० नबज्दै निजी अस्पतालमा जाने गर्नाले सेवाग्राहीमा वितृष्ण बढ्ने गरेको उनको भनाइ छ ।

    अस्पतालको स्तरवृद्धि गर्नतर्फ आफू सक्रिय रहेको भए पनि सोअनुसार कार्यान्वयन हुन नसक्दा सेवा प्रवाहमा केही समस्या आइरहेको उपमहानगरप्रमुख खड्काले बताए । “अस्पतालले सामग्री खरिद गर्ने तर प्रयोगमा नल्याउने गर्नाले पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ”, उनले भने । रासस

    बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.