रुकुम पश्चिम । यहाँको चौरजहारी नगरपालिका वडा नम्वर ८ को नवनिर्मित भवन अज्ञात समुहले तोडफोड गरेका छन । वडाखोलामा रहेको भवन अज्ञात समुहले गत शनिवार राती तोडफोड गरेको वडाकार्यालयले जनाएको छ ।
Advertisement
तोडफोडबाट सिसाका झायाल, ढोका, विद्युतका स्वीचहरुमा क्षतिपुगेको वडा नम्वर ८ का वडाअध्यक्ष शसिराम विकले जानकारी दिए ।
सोही दिन उक्त वडामा स्थानीयको विहेको प्रितीभोज भएको हुदा मध्यरातको समयमा मादकपदार्थ सेवन गरी वडाकार्यालयको भवनमा तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागी भएपछी वडा कार्यालयले सामजिक संजाल फेसबुक मार्फत वडा कार्यालय भवनमा भौतिक भएको जानकारी गराएको छ । एउटा सभाहल सहितको दुई तले भवनमा पाँच वटा कोठा र चार वटा शौचालय तथा बाथरुम रहेका छन् । भवन निर्माणमा ६५ लाख रकम खर्च भएको थियो ।