गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो।
Advertisement
तर, अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ । शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ देखि सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ।
वि.सं.२०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको आक्रमणको क्रममा विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको बताइन्छ । यो क्रममा १० जना नेपालीको ज्यान गएको थियो । त्यसपछि विपिनको अवस्था भने सार्वजनिक हुन सकेको थिएन् । बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो।