रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ गोतामकोट स्थित बगेनाहमा पाँचपूणी मेला लाग्ने भएको छ । विगतका वर्षहरु झैं यसपटक पनी विजयादशमी पछिको पूर्णिमाको दिन मेला लाग्ने भएको हो ।
पाँचपुर्णिमा मेलाको यो ३५ औँ संस्करण हो । आयोजक समितिका अनुसार मेलामा विविध साँस्कृतिक कार्यक्रम सहित खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । आयोजक समितिका सचिव गोविन्द खड्काका अनुसार मेला यही असोज २१ गतेदेखि सञ्चालन हुने छ ।
समितिका अनुसार पुरुष भलिवल तर्फ १ लाख ५३ हजार रुपैयाँ प्रथम पुरस्कार र महिला तर्फको ६० हजार पाँच सय रुपैयाँ प्रथम पुरस्कार राखिएको छ । पुरुष डबल ब्याटमिन्टन ३५ हजार, पुरुष दौड छेलो ५ हजार, स्लो बाईक १० हजार पुरस्कार राशी रहेको बताईएको छ ।
बगेनाह मा लाग्ने पाँचपुर्णीमा मेलामा महिला समुहका झाँकी तथा नृत्यहरु (सिंगारु, पैसेरु, मयुरनाच,समुहक प्रस्तुत हुने बताईएको छ ।
