रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ स्थित राडी ज्युला शिक्षा क्याम्पसमा अन्तर क्याम्पसबीच ब्याट्मिन्टन प्रतियोगिता सुरु भएको छ । राडीज्युला शिक्षा क्याम्पसको आयोजनामा आज बिभिन्न क्याम्पसका ५ समुहले प्रतियोगितामा सहभागी जनाएका छन्।
ब्याट्मिन्टन प्रतियोगिताले क्याम्पस बिच आपसी सहयोग, मित्रता बढाउने लक्ष्य राखिएको आयोजकले बताएको छ । प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नगर प्रमुख रवि केसीले भने, “यस्ता मैत्रीपुर्ण प्रतियोगिताले क्याम्पस बिचको सम्बन्ध बढाउनुका साथै खेलकुदमा पनि उत्तिकै सक्रिय बनाउँछ” भन्दै आगामी दिनमा अझ धेरै क्याम्पसलाई सहभागी गराउँदै प्रतियोगिता विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, वडा नम्वर ९ का अध्यक्ष जनक बहादुर बटाला, वडा नम्वर १ का अध्यक्ष देब बहादुर घर्ती, क्याम्पस सञ्चालक समिति अध्यक्ष मणिराज बटाला लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख तेज बहादुर मल्लले गरेका थिए ।