काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाईएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी उनलाई प्रधानमन्त्री सहमति जुटेको हो ।
Advertisement
कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका छन् । आन्दोलनरत जेनजीका प्रतिनिधि संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहेका थिए ।
जेनजी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो । आज कार्कीलाई अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री का रुपमा सपथ लिएको हो ।